काठमाडौं, २ साउन । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले नेपाल प्रहरीको मानव स्रोत विभागमा उपस्थित भएर आज राजीनामा दिनुभएको छ ।

आफूभन्दा कनिष्ठ धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा गरेको उजुरीको विपक्षमा सर्वोच्च अदालतले फैसला दिएपछि पोखरेलले राजीनामा दिनुभएको हो ।

उहाँँले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश भएपछि स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु