काठमाडौं, २९ फागुन । पछिल्लो चौबीस घण्टामा थप ६० जनामा कोरोना भाइरससंक्रमण (कोभिड१९) पुष्टि भएको छ ।
यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार १७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ७२ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म विसेक हुने संख्या २ लाख ७१ हजार २४९ पुगेको छ ।
मन्त्रालयले अहिले ९१५ जना सक्रिय सङ्क्रमण रहेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
थपिएका दुई मृतकसँगै कुल मृतक सँख्या ३०१४ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर