काठमाडौँ, ३१ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सो अवधिमा १६४४ जनाको पिसिआर र २०६८ जनाको एन्टिजिन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा ४८ जना संक्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १२८४ रहेका छन् ।
