कोलम्बो , श्रीलङ्को, ३० असार । श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ ।
प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ ।
श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारिहरूले बुधबार आक्रमण गरेका छन् । अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ। जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबरजस्ती प्रवेश गरेर विरोध जनाएका थिए ।
आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजिनामाको माग गरेका थिए ।
देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्षे र उनकी श्रीमतीले आज साउदी अरेबियाको मालेबाट सिङ्गापुर प्रस्थान गरेका छन् ।
अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसद्को सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले श्रीलङ्का इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ । बढ्दो मुद्रास्फीतिका कारण देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।
अर्को सूचना नभएसम्मका लागि सरकारी कार्यालयहरू बन्द।
घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको हो ।एएनआई

 

पछि हटे श्रीलङ्काली प्रदर्शनकारी

राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुई जना अङ्गरक्षकका साथ देशबाट बाहिरिएपछि नयाँ सरकारसमक्ष आफ्ना माग पु¥याउन उनीहरू ती भवनबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् ।

राष्ट्रपति गोटाबाया राजीनामापत्रमा हस्ताक्षर नगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपति बनाएर देशबाट बाहिरिएपछिको परिस्थितिमा समस्याको समाधान संसद्बाट खोज्ने उद्देश्यले सरकारी निवास खाली गर्ने निष्कर्षमा आफूहरू पुगेको प्रदर्शनको नेतृत्व गरिरहेका देविन्द कोडागोडेले बताए । सभामुखले पनि समस्याको निकास संसद्बाट खोज्ने प्रयास भइरहेको बताएका छन् ।

वायुसेनाको विमानमा मालदिभ्स पुगेका गोटावाया साउदी एयरलाइन्स चढेर सिङ्गापुर हुँदै साउदी अरबको जेद्दातर्फ लागेका मालदिभ्स सरकारका एक अधिकारीले बताएका छन् । आक्रोशित प्रदर्शनकारीबाट संसद् भवनलाई जोगाउन त्यहाँ भारीमात्रामा सुरक्षाफौज परिचालन गरिएको छ । हातहतियारले सुसज्जित सैन्यटोली बख्तरबन्द गाडीका साथ संसद् भवन बाहिर तैनाथ भएका छन् । एपी

प्रतिक्रिया

सम्बन्धित खवर