लण्डन, २३ असार । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिनुहुने भएको छ ।

बिबिसीका अनुसार उहाँको सरकारमा रहेका महत्वपूर्ण मन्त्रीसहित दर्जनौं सांसदहरूले राजीनामा दिएपछि उहाँले पार्टी नेतृत्व छोड्न लाग्नुभएको हो ।

राजीनामा दिन उहाँमाथि चौतर्फी दबाब थियो।

कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिए पनि उहाँ केही समयसम्म प्रधानमन्त्री पदमा रही रहनुहुने छ ।

कन्जरभेटिभ पार्टीको नेता छान्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्मका लागि उहाँ नै प्रधानमन्त्री हुने भएको हो ।

बुधबारसम्म बेलायती अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ४० जना बढी सांसदले राजीनामा दिएका थिए।

पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर