काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युथ कांग्रेस आवद्ध युवाहरुले सिंहदरबारको दक्षिण गेट नजिकै प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारी मध्ये केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकाड बोकेका थिए ।
बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराइ करका दरहरू हेरफेर गरेको र अनधिकृत व्यक्ति प्रवेश गरेको सीसीटीभी फुटेज समेत ‘डिलिट गराउन लगाएको उहाँमाथि आरोप लागेको छ ।
