काठमाडौँ, २८ फागुन । वरिष्ठ पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहनुभएका उहाँको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
तीनदिनदेखि उहाँ सोही अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो ।
राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोटलाइट र बिबिसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार शर्माले नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पु¥याउनुभएको थियो ।
उहाँको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ । स्व शर्माका श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर