काठमाडौं, १६ असार । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै आज नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक बस्ने भएको छ ।

दिउसो २ वजे वस्ने भनिएको सो बैठक समसामयिक राजनीतिक विषयमा छलफल गरी पार्टी सभापति देउवालाई दबाब दिने उद्देश्यले बोलाइएको जानकारी कांग्रेस नेता गुरू घिमिरेले दिनुभयो ।

महाधिवेशन भएको ६ महिना वितिसक्दा पनि पदाधिकारी, समिति र भातृसंगठनलाई पूर्णता नदिइएको भन्दै कांग्रेस नेतृत्वको आलोचना हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर