काठमाडौँ, २८ फागुन । साहित्यकार केदार सङ्केतको नवनीतम् कृति ‘अफगानी रणमैदान’ आज यहाँ आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।
कार्यक्रममा साहित्यकार रोचक घिमिरे, समीक्षक प्रा. डा. गोविन्दराज भट्टराई, प्रा डा कुमार कोइराला लगायतले संयुक्तरुपमा सो पुस्तक विमोचन गर्नुभएको हो ।

सो अवसरमा उहाँहरुले सर्जक सङ्केतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको उल्लेख गर्नुहुँदै वक्ताले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित हुने धारणा राख्नुभयो । पुस्तकमा युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनलगायत व्यङ्ग्यका पक्षलाई बेजोडसँग समेट्न कृतिकार सफल भएको वक्ताको भनाइ थियो ।

लेखक स्वयं युद्धमा संलग्न हुनुभएकाले त्यसको सजीव चित्रण पुस्तकमा गरिएको जनाइएको छ । साङ्ग्रिला बुक्सले सो पुस्तक प्रकाशित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर