काठमाडौं, १४ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८५२ जनाको पीसीआर र ९४६ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्या पुष्टि भएको हो ।
पछिल्लो चौविस घण्टामा १७ जना संक्रमित विसेक भएका छन् भने २२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
