काठमाडौँ, २८ फागुन ।  मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरि आपूर्ति व्यवस्था मिलाइएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनु भएको  छ ।  बाइडनले आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै  मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन योग्य बनाउन राज्य तथा स्थानीय निकायहरूलाई आदेश दिने बताउनु भयो ।

एक वर्षको सामूहिक क्षति र बलिदान पश्चात् अब देशका सामु राम्रा दिनहरू आएको बताउदै बाइडेनले १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत् अमेरिकाको मेरुदण्ड पुनर्निर्माण हुने तर्फ पहिलो पाइला चालिएको बताउनु भयो ।

कोभिड राहत प्याकेजमार्फत् १४ सय डलरको प्रत्यक्ष नगद सहयोग यसै सप्ताहान्तदेखि नै बाँड्न थालिने बताइएको छ। वर्षमा ७५ हजार डलरसम्म आम्दानी गर्ने प्रत्येक व्यक्तिले १४ सय डलर पाउनेछन्। कर अधिकारीहरूले मानिसहरूको कर विवरण हेरेर व्यक्तिहरूलाई गरिने भुक्तानी निर्क्योल गर्नेछन्।

अमेरिकाको इतिहासमै सबभन्दा धेरै खर्च गर्ने प्रस्तावित भएको मध्येको सो कानुन पारित गर्दा एकजना पनि विपक्षी रिपब्लिकन सांसदले समर्थन गरेका थिएनन्। माथिल्लो सदन सिनेट तथा तल्लो सदन प्रतिनिधिसभामा उक्त प्याकेज बहुमतद्वारा पारित भएको थियो।

आम अमेरिकीहरूमाझ भने समर्थन रहेको देखिएको छ। मार्चमा प्यू रिसर्च सेन्टरले गरेको मत सर्वेक्षणमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले यसको समर्थन गरे जसमा ४१ प्रतिशत रिपब्लिकन पनि थिए।

कोरोनाभाइरसले अमेरिकामा पाँच लाखभन्दा धेरैको ज्यान लिइसकेको छ। पहिलो र दोस्रो विश्वयुद्ध अनि भियतनाम युद्ध र सेप्टेम्बर ११ को हमलामा मारिएका कूल अमेरिकीको सङ्ख्याभन्दा यो धेरै हो।-स्रोत वीवीसी

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर