काठमाडौं ११ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर र ८६५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा १६ जना संक्रमित विसेक भएका छन् भने १८८ जना सक्रिय संक्रमित रहेको मत्रालयले जनाएको छ ।
