काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य थापाको बुधबार ७२ वर्षका उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमा निधन भएको हो ।
सभापति देउवाले शोक सन्देशमार्फत थापाले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै उहाँमा श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।
नेपाल शिक्षक सङ्घ गुल्मीका संस्थापक अध्यक्ष थापाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । बिपी विचार समाजका जिल्ला अध्यक्ष थापाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
यसेेगरि मुगु जिल्ला नेपाली कांग्रेस सोरु गाउँपालिका कार्यसमितिका सभापति ३७ वर्षीय जयकर्ण मल्लको हिजो राति ९ बजे बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा ट्रकको ठक्करबाट निधन भयो । स्वर्गीय मल्लले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । जयकर्ण मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।