काठमाडौं, ७ असार । वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि देशभरि हवाई सेवा बन्द गर्ने भएको छ।

संघले आज यहाँ पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेको हो ।

सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनेर गरेको निर्णय चित्त वुझ्दो नभएकोले विरोध स्वरुप सो निर्णय गरेको हो ।

सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले पार्किङ सम्वन्धी सो निर्णय गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले वताउनुभएको छ ।
उहाँका अनुसार अहिले विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता भएकोमा ३४ वटा जहाज पार्किङ भइरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर