कीभ, २ असार । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।
एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले कीभको भ्रमण गरेको यो पहिलो पटक हो।
उनीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने छन्, । कीभले इयुको सदस्यताका लागि जोड दिइरहेको बेला यो भ्रमण आएको हो।एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर