महोत्तरी, १ असार ।  जिल्ला समन्वय समिति महोत्तरीको निर्वाचनमा जसपा÷कांग्रेस गठबन्धनलाई पराजित गर्दै चारपक्षीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लोसपा, एमाले, तमलोपा र स्वतन्त्र समूह गरी चारपक्षीय गठबन्धनले जीत हात पारेको हो । आज सम्पन्न मतदानको मतगणना परिणाम अहिले साँझ सार्वजनिक भएको हो ।

जम्मा ३० मतदातामध्ये लोसपाका उम्मेदवार सुमनकुमार लाल कर्णले १६ मत प्राप्त गरी प्रमुख पदमा जीत हासिल गर्नुभयो । उहाँका प्रतिस्पर्धी जसपाका कृष्णशङ््कर साहले १४ मत प्राप्त गर्नुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा एमालेका ननु महरा गोलाप्रथाबाट विजयी हुनुभएको छ । महरा र नेकाका धर्मेन्द्रकुमार यादवले बराबर १५/१५ मत पाएपछि गोलाप्रथाबाट उपप्रमुखको नतिजा आएको हो । प्रमुख÷उपप्रमुखसहित नौ सदस्यीय समितिका अन्य सातै जना सदस्य चारपक्षीय गठबन्धनका विजयी हुनुभएको छ ।

जम्मा १५ स्थानीय तहका प्रमुख/अध्यक्ष (नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्ष) एवं उपप्रमुख÷उपाध्यक्ष (नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष) गरी ३० मतदातामा जसपाका ११, लोसपाका आठ, नेकाका छ, एमालेका दुई, स्वतन्त्र समूहका दुई र तमलोपाका एक हुन् । तर जसपा/नेका गठबन्धनका स्पष्ट १७ जना देखिए पनि सबै मतदान भने दलगत आधारमा नभएको स्पष्ट भएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर