काठमाण्डौं, २८ जेठ । काठमाण्डौं उपत्यकामा आज शनिबार बिहान नहुँदै भूकम्पको धक्का महसुस गरिएको छ । यो भुईँचालोको धक्का राति २ बजेर ३६ मिनेट जाँदा महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको मापन ४.७ म्याग्निच्युड रहेको छ ।
यसको केन्द्रबिन्दु भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्र आसपास रहेको बताइएको छ ।
भक्तपुर, काठमाण्डौं, ललितपुर जिल्लाका तीनै शहरका साथै आसपासका अन्य जिल्लामा पनि यो भुईँचालोले हल्लाएको थियो ।
भुईँचालोबाट कहाँ के कति क्षति भयो वा भएको छैन त्यसको जानकारी प्राप्त भएको छैन ।
