काठमाडौं, २६ फागुन । पछिल्लो चौबीस घण्टामा ३४८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड१९) पुष्टि भएको छ ।
यो संख्यासँगै सङ्क्रमितको कुल संख्या २ लाख ७४ हजार ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ६३ जना सङ्क्रमित विसेक भएका छन् भने यससँगै विसेकका कुल सँख्या २ लाख ७१ हजार ५० जना रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ९११ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म ३०१२ जनाको मृत्यु भएको छ ।