अमेरिका, १८ जेठ । राष्ट्रपति जो बाइडनले युक्रेनलाई अमेरिकाले अझ आधुनिक रकेट प्रणाली तथा अस्त्रहरू उपलब्ध गराउने वताउनुभएको छ ।

द न्यूयोर्क टाइम्स पत्रिकामा लेख्दै उहाँले त्यस्तो बताउनु भएको छ।

युक्रेनले लामो समयदेखि त्यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो।

अमेरिकी एमएलआरएस रकेटले निकै पर मार हान्न सक्छ

यसअघि अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्न सकिने लङरेन्ज मल्टिपल रकेट सिस्टम (एमएलआरएस) पठाउन लागेको विवरण आएको थियो।

रुसले त्यस्तो अस्त्र युक्रेनलाई उपलब्ध गराइए त्यसले तनाव बढाउने बताएको थियो।

जेलेन्स्की र अरू युक्रेनी अधिकारीहरूले रुसले पूर्वी डोन्बास क्षेत्रमा ठूलो बमबारी जारी राखेको बेला त्यस्तो अस्त्र उपलब्ध भए रुसको प्रतिकार गर्न सजिलो हुने भन्दै अमेरिकालाई एमएलआरएस पठाउन आग्रह गर्नुभएको थिया ।

यद्यपि अमेरिकी राष्ट्रपतिले रुसभित्र प्रहार गर्न सकिने रकेट प्रणाली दिन नसकिने बताउँदै आएको थियो । बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर