तेहरान, १२ जेठ । इरानको रक्षा मन्त्रालयले बिहीबार तेहरान नजिकै पार्चिन क्षेत्रको ूअनुसन्धान एकाइू दुर्घटना भएको र एक ूइन्जिनियरू मारिनुका साथै अर्का एक जना घाइते भएको बताएको छ।
ूबुधवार साँझ रक्षाको एक अनुसन्धान एकाइमा भएको दुर्घटनामा पर्चिन क्षेत्रमा कार्यरत मन्त्रालयका इन्जिनियर एहसान घड बेगीको मृत्यु भएको र उनका सहकर्मी घाइते भएको मन्त्रालयले जनाएको छ ।
सरकारी सञ्चार माध्यमले जनाएअनुसार पहिले पार्चिन सैन्य परिसर नजिकै ूऔद्योगिक दुर्घटनाू मा एक व्यक्तिको मृत्यु भएको बताइएको थियो जुन पहिले संयुक्त राष्ट्रसंघ आणविक निगरानीकर्ता द्वारा छानबिनमा आएको थियो।
