काठमाडौ, १० जेठ । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो कलेजका शिक्षकलाई पक्राउ गरिएको छ ।

कलेजका संयोजक समेत रहेका शिक्षक जनार्दन अधिकारी पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

उनलाई विध्यार्थीको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शिक्षकलाई कारबाहीको माग गर्दैै विध्यार्थीहरुले मंगरबार गौशाला प्रहरी कार्यालयमा धर्ना दिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार शिक्षकमाथी गौशाला वृत्तले अनुसन्धान थालेको छ।

शिक्षकको दुर्व्यवहारबारे कलेज प्रशासनलाई जानकारी गराए पनि कलेजले चासो नदिएपछि विद्यार्थी आन्दोलित बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर