काठमाण्डौं, २५ फागुन । नेपाली कांँग्रेस म्याग्दीका पूर्व सभापति डा. भुपेन्द्रबहादुर खड्काको निधन भएको छ ।  आज मंगलबार विहान ४ बजे काठमाडौंको सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

खड्का २०४८ को आम निर्वाचनमा म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । त्यसैगरी उहाँ वि.सं. २०५५ मा म्याग्दी जिल्ला सुकुम्वासी आयोगको अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक संस्थाहरुमा समेत क्रियाशील रहँदै आउनु भएको थियो ।

वि.सं. १९९८ श्रावण २० गते तत्कालीन अथुङ्गे गा.वि.स—१ मा जन्मनु भएका स्वर्गीय खड्काले काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै  “नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा. भुपेन्द्रबहादुर खड्काको निधनको खबरले आफूलाई  स्तब्ध र मर्माहत बनाएको” बताउनु भएको छ  ।

सभापति देउवाले  स्वर्गीय खड्काको आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर