काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको एक दिवसिय नेपाल भ्रमणका क्रममा बहुआयामिक विषयमा द्विपक्षीय छलफल हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा आगामी जेठ २ गते हुने सो भ्रमणका क्रममा दुई देशबीच विकास निर्माण, व्यापार वाणिज्य, पर्यटनलगायका विषयमा दुई देशका प्रधानमन्त्रीबीच गहन छलफल हुने वताइएको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विनयमोहन क्वात्राले दुई देशका प्रधानमन्त्रीको उच्च स्तरीय भ्रमण यसरी छिटो हुनु नै निकट सम्बन्धको प्रतीक रहेको बताउँदै कनेक्टिभिटी, सडक सञ्जाल, रेल्वे, पर्यटन विस्तार यातायातलगायतका विषयमा पनि दुई देशका उच्च नेतृत्वबीच छलफल हुने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर