वनेपा, ३० वैशाख । काभ्रे जिल्लाका चार वटा मतदान केन्द्रमा झडप, हवाई फायरपछि मतदान स्थगित भएको छ।

अशक्त व्यक्तिले भनेको भन्दा अर्कोमा चिन्ह्रमा मतदान अधिकृतले मतदान गरिदिएको विषयमा विवाद भई झडप र हवाई भएपछि ती केन्द्रमा मतदान स्थगित भएको हो ।

उनले मतदातालाई चारपाँच वटा मतपत्र दिएको पनि आरोप लगाइएको छ ।

मतदात स्थगित भएका केन्द्रमा चौंरीदेउराली गाँउपालिका ६ प्रभा माध्यमिक विद्यालय, पाँचखाल नगरपालिका १३ सिता माध्यमिक विद्यालय, तिमाल गाँउपालिका ७ भुमेश्वरी माध्यमिक विद्यालय, तिमाल ९ कै कुशेश्वर माध्यमिक विद्यालय केन्द्र रहेका छन्।

प्रभा माध्यमिक विद्यालय केन्द्रका मतदान अधिकृतले अशक्तले रुखमा हाल्ने भनेको मत सूर्यमा हालेको र पाँचखाल १३ स्थित सिता माध्यमिक विद्यालय केन्द्रमा एउटा मतदातालाई निर्वाचन अधिकृतले चारपाँच वटा मतपत्र दिएको भन्ने विषयमा विवाद भएपछि मतदान स्थगित भएको हो।

उक्त विवाद झडप भएपछि स्थिती नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फायर पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर