रोल्पा, २८ वैशाख । नेपाली कांग्रेसका दुई कार्यकर्तालाई खुकुरी प्रहार गर्ने फरार माओवादी कार्यकर्तालाई पक्राउ गरिएको छ ।

फरार रहेका माओवादी कार्यकर्ता प्रकाश केसीलाई सल्यानको थारमारेबाट रोल्पा प्रहरीले पक्राउ गरेको थियो ।

खुकुरी प्रहारबाट कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा घाइते भएका थिए।

घाईतेको अवस्था गम्भिर भएको र उनीहरुलाई सोहिदिन राती नै दाङ अस्पताल हुदै नेपालगञ्ज लगिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर