काठमाडौं, २६ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा आधिकारिकरुपमा विभाजन भएको छ ।

नेकपाले विचलनको बाटो रोजेपछि सो पार्टी विभाजन भएर नेकपा (बहुमत) गठन गरिएको जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको छ ।

सो जानकारी बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले दिनुभएको हो ।

नेकपा दार्शनिकरुपमा सारसंग्रहवादी,राजनीतिक रुपले संसदीय संशोधनवादीमा फसेको ठहर उहाँको छ ।

पार्टीका संयोजक बास्तोलाले हाम्रो कार्यदिशा वैज्ञानिक समाजवादी हो भन्नुभएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका अर्का नेता हेमन्तप्रकाश ओलीले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर