काठमाडौं, फागुन २४ गते । पछिल्लो चौबीस घण्टामा ४३९१ जनाको आरटी पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोनाभाइरस सङ्क्रमण(कोभिड१९)पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयव्दारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी दिइएको हो ।
यससँगै कोरोनाका कुल सङ्क्रमित संख्या २ लाख ७४ हजार ८१० पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ४२ जना सङ्क्रमित विसेक भएका छन् । र यससँगै विसेक कुल सँख्या २ लाख ७० हजार ९२७ जना पुगेका छन् ।
मन्त्रालयले अहिले ८७२ जना सक्रिय सङ्क्रमण रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसँगै मृतको कुल सँख्या ३०११ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर