काठमाडौं, १८ वैशाख । आज वसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ।

वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गरिएको हो ।

यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

विस २०४९ चैत १२ गते नेपाल प्रहरीको निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका सिंहले पहिलो नम्बर प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर