वीरगञ्ज, १४ वैशाख । राष्ट्रिय एकता अभियानले पर्सामा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता सार्वजनिक गर भन्दै आज वीरगञ्जस्थित माइस्थान चोकमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा चीनविरूद्ध नारा लगाउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ तस्वीर जलाइएको थियो ।
प्रदर्शनमा बीआरआई सम्झौता राष्ट्रघाती भएको आरोप लगाइएको थियो ।
विरोध प्रदर्शनमा राष्ट्रघाती बीआरआई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद बन्द गर, पोखरा विमानस्थलमा भएको भष्टाचार छानविन गर, रेलको बहानामा सैन्य विस्तार बन्द गर लगायतका नारा लगाइएको थियो ।
