काठमाडौ, १४ वैशाख । सरकारले आगामी जेठ १ गते बाट साताको दुइदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
सो निर्णय अनुसार कार्यालय समय भने बिहान ९ बजेर ३० मिनेटदेखि ५.३०बजेसम्म तोकिएको छ।
इन्धन खपत कम गर्ने उध्देश्यले गरिएको सो निर्णय परीक्षणको रुपमा कायम गरिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ।
