काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका पिता प्रजातन्त्र सेनानी लोकमणि गिरीको आज तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य दीपक गिरीलगायत सबै शोकसन्तप्त परिवारजनमा पार्टी र अफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
विसं १९९४ मा जन्मनुभएका गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाइएको छ ।