काठमाडौं, २१ फागुन । पछिल्लो चौबीस घण्टामा ६१४३ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप १४३ जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ८३ जना सङ्क्रमित विसेक भएका छन् ।
यससँगै विसेक हुनेको सँख्या २ लाख ७० हजार ७६६ जना पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ८३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
अहिलेसम्ममा कोरोनाभाइरस सङ्क्रमणबाट ३०१० जनाको मृत्यु भईसकेको छ ।