रोम, २१ फागुन । इसाई धर्मगुरु पोप फ्रान्सिस इराकका लागि रोमबाट शुक्रबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । कोरोनाभाइरसको संक्रमण फैलिएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो ।

पोप फ्रान्सिसले इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारीहरु र इस्लाम धर्मगुरुसँग भेटघाट गर्नु हुनेछ ।

उहाँले खासगरी इराकमा सदियौंदेखि रहेबसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्नु हुने भ्याटिकनले जनाएको छ ।

पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नु हुने इराकी अधिकारीहरुले बताएका छन् ।
इराक भ्रमणका क्रममा पोप फ्रान्सिसलाई कडा सुरक्षा प्रबन्ध गरिएको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर