यूके, ३ चैत । यूकेका रक्षा मन्त्रालयका अनुसार युक्रेनमा रुसी आक्रामक कारबाहीहरू सबै मोर्चामा धेरै सुस्त भएको छ।
आज बिहान प्रकाशित एउटा विज्ञप्तिमा रुसी सैनिकहरूले केही दिनयता स्थल, जल वा आकाशमा एकदमै कम प्रगति हात पारेको तथा उनीहरूले ठूलो क्षति बेहोरेको उल्लेख छ।
यूकेले युक्रेनी प्रतिरोध बलियो र सुसंयोजित भएको तथा प्रमुख सहरहरूसहित युक्रेनको अधिकांश भूभाग युक्रेनी नियन्त्रणमा रहेको जनाएको छ।
युक्रेनी सेनाका अनुसार रुस अहिले गैरसैनिक नागरिकहरूलाई निसाना बनाउनेगरी हवाई आक्रमणमा केन्द्रित भएको छ।
जमिनमा असफल भएकाले रुसी सैनिकहरूले त्यसो गर्न लागेको उसको आरोप छ।
अहिलेसम्म रुसले आफ्ना ५०० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । तर अमेरिकी गुप्तचर निकायका अनुसार मृत्यु हुने रुसी सैनिकको सङ्ख्या ७,००० जति हुनुपर्छ।बीबीसी
