युक्रेन, २ चैत । इन्स्टिच्यूट अफ द स्टडी अफ वारले गरेको पछिल्लो विश्लेषणका केही मुख्य बुँदा यस्ता छन्।

अमेरिकामा रहेको उक्त थिङ्कट्याङ्कले ‘ओपनसोर्स इन्टेलिजेन्स’ र प्रकाशित समाचारका आधारमा युद्ध मोर्चाको प्रत्येक दिनको विश्लेषण दिने गर्छ।

किएभः रुसी फौजले राजधानीको बाहिर रहेका इर्पिन र गुटा मेझीहर्कसा क्षेत्रमा सोमवार र मङ्गलवार केही आक्रमण गरेको छ। रुसीहरूले गत २४ घण्टामा यो सहरमा कुनै ठूलो कारबाही गरेका छैनन्।
मारिओपोलः रुसले यो दक्षिणी सहरमाथि पूर्व र पश्चिमबाट आक्रमण जारी राखेको छ।
खार्किभः यो उत्तर( पूर्वी सहर घेरा हाल्ने क्रममा हतियारको अभाव भोगिरहेको छ।
खेर्सन क्षेत्रः रुसले मङ्गलवार यो क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको झुटो दाबी गरेको थियो तर यसले यो क्षेत्रका दुई मुख्य सहरहरू ज्याफोरिझ्या वा मीकोलेमा पकड थप बलियो छैन।
ओडेसाः यो दक्षिणी बन्दरगाह सहरमाथि समुन्द्रबाट आक्रमण गर्न रुस अझै तयार भइसकेको देखिन्न किनभने त्यसका लागि आवश्यक सैन्य आधार रुसले खडा गरिसकेको छैन।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर