मलङ्गवा, ३० फागुन । नेपाली कांगे्रस सर्लाहीको सभापति पदमा सुरेन्द्रप्रसाद सिंहले एक हजार ७५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले अर्का प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर निर्वाचित हुनुभएको हो । रायले रायले एक हजार ३७८ मत प्राप्त गर्नुभएको थियो । जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले निर्वाचित सभापतिसहित अन्य निर्वाचित पदाधिकारीको नाम घोषणा गर्नुभएको थियो ।
१४ औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति पदमा नवीन अधिकारी,डा सरोजकुमार, निर्वाचित हुनुभएको छ । त्यस्तै सचिबमा नीरज कार्की,शेख सदुल्लाहल,सहसचिव इन्द्रबहादुर योञ्जन र सुनिलकुमार कुशवाहा विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
बारा कांग्रेस सभापतिमा यादव
नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाउनुभएको थियो ।
प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिनुभयो । नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यतm गर्नुभएको छ । उहाँले भन्नुभयो “ स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।”
सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा
नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी हुुनुुभएको छ ।
नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।
