
काठमाडौँ, २० फागुन । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय वमोजिम पार्टीको आधिकारिकता सम्वन्धि विवाद यथासिघ्र
समाधानका लागि अनुरोध गर्न सो समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
उक्त समूहको हिजोको बैठकले निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आपत्ति प्रकट गर्दै पुनः ध्यानाकर्षण र ताकेता गर्ने निर्णय पनि गरेको थियो ।
निर्वाचन आयोग प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेताहरु जानुभएको थियो ।
नेताहरुले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका छन् ।