सिंगापुर, २० फागुन । सिङ्गापुरले युक्रेनमा मस्कोको युद्धको विरोध गर्दै रुसविरुद्ध प्रतिबन्ध लगाउने बताएको छ।

सिङ्गापुरले विगतमा यस्तो निर्णय विरलै गर्ने गरेको थियो।

त्यहाँको एक प्रमुख वित्तीय केन्द्रले रुसी ब्याङ्कहरूमा निर्यात नियन्त्रण र वित्तीय प्रतिबन्ध लागु गर्नेछ।

त्यस्तै क्रिप्टोकरेन्सी लेनदेनमा प्रतिबन्ध लगाउने छ र वित्तीय संस्थाहरूलाई रुसको केन्द्रीय ब्याङ्कलाई सहयोग पुर्‍याउन सक्ने सेवाहरू प्रदान गर्न रोक लगाउने छ।

विदेशमन्त्री भिभियन बालाकृष्णनले यसअघि संसद्मा सिङ्गापुरले रुसविरुद्ध उपयुक्त प्रतिबन्ध लगाउन र प्रतिबन्ध लगाउनका लागि अन्य धेरै समान विचारधारा भएका देशहरूसँग मिलेर काम गर्ने योजना बनाएको बताएका थिए।

प्रतिबन्धहरू लागु गर्ने क्षेत्रीय छिमेकीहरूमध्ये यो पहिलो मुलुक हो। यद्यपि दक्षिण पूर्व एशियाली राष्ट्र सङ्घका अन्य सदस्यहरूले रुसको कार्यको निन्दा गरेका छन्।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर