चितवन, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले सर्वप्रथम प्रधानमन्त्री ओलीलाई हटाउनु पर्दछ त्यसपछि नेपाली कांगे्रस सरकारमा जानुपर्ने बताउनुभएको छ ।
महामन्त्री डां.कोइरालाले उक्त कुरा आज यहाँ पत्रकारसँग कुरा गर्दै बताउनुभएको हो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राख्नुभएको छ । उहाँले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिनुभयो ।
डां. कोइरालाले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताउनुभयो ।
प्रतिनिधिसभाका सदस्य डां. कोइरालाले  प्रधानमन्त्री विरुध्द अविश्वासको प्रस्ताव दर्ता हुने पनि जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति सर्ने सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर