काठमाडौँ, १८ फागुन । स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ ।
अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
सोमबार छापवाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलामा रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
सोमबार तेजाबी सुन तोलामा रु ८८ हजार २५० मा कारोवार भएको थियो ।
यसैगरी चाँदी आज तोलामा रु ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।