काठमाडौँ, १२ माघ ।राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदानमा सम्पन्न भएको छ । प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनका १८  र एमालेका एकजना बिजयी बनेकाछन ।

गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त, माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् ।

राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका   नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।

प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएका हुन् । दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथामा विजेता घोषणा गरिएको हो । दुबै उम्मेदवारले बराल र बस्नेतको ४४८८ मत आएको थियो ।त्यसैगरी अन्य सदस्य पदमा महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई निर्वाचित भएका छन् । यस्तै अल्पसंख्यक तथा अपांगतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र (अन्य)मा  काँग्रेसका  कृष्ण प्रसाद पौडेल विजयी भएका छन् ।  महिला सदस्यमा तिमल्सिनाले चार हजार ८२४ मतभार प्राप्त गर्नुभएको हो भने उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएकी उम्मेदवार निरुकुमारी कुँवरले चार हजार ३६२ मतभार र नेमकिपाको महिला उम्मेदवार गीता काफ्लले १३२ मतभार प्राप्त गर्नुभयो ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेलले चार हजार ७९४ मतभार प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका गोपाल शाक्यले चार हजार ३४४ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाको तर्फबाट उम्मेदवार बन्नुभएका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

मधेस प्रदेशबाट  राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअ‍ोवादी केन्द्रकी उर्मिला अर्याल विजयी भएकी छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।

देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । आगामी फागुन २० गते नेकपा ९एमाले०का आठ, नेकपा ९एकीकृत समाजवादी० का चार, नेकपा ९माओवादी केन्द्र० का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा हुनुहुन्छ ।
 

 

प्रतिक्रिया

सम्बन्धित खवर