काठमाडौं, १७ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचार गरी भोली स्वदेश फर्कनुहुने छ ।
उपचारको क्रममा उहाँलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरुले वताएका छन् ।
उहाँको नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचार भएको र परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको भट्टराईले ट्विटरमा लेख्नुभ्एको छ ।
देखिएको ट्युमरलाई भने दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्। बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा हुनसक्ने चिकित्सकहरुले सचेत गराएको उहाँले जनाउनुभएको छ ।