काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले वार्षिक र सेमेस्टर प्रणालीका लिने सबै परीक्षा स्थगित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै सो वताएको हो ।
सूचना अनुसार सो परिक्षा विश्वव्यापी रुपमा फैलिएको ओमक्रोन भेरियन्टको तीव्र सङक्रमणका कारण जनाउँदै यही माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयले सूचनामा उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएको अवस्था पनि जानकारी दिएको छ ।
