काठमाडौं– लक्ष्मी बैंकले ल्होत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी थप सुविधा ल्याएको छ । अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनी/वालेटबाट बाट क्युआर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सक्नेछन् ।

क्युआरबाट बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरमा उपलब्ध रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ । क्युआर पेमेन्टले ग्राहकलाई छिटो, छरितो एवं सहज रुपले भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

लक्ष्मी बैंकले विगतमा क्युआर पेमेन्टलाई अस्पताल, सपिङमल, इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना–ठूला व्यापारिक संस्थामा सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर