भारत, २७ पुस । भारतीय वरिष्ठ गायिका लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मुम्बईको क्याण्डी अस्पतालमा उपचाररत् ९२ वर्षीया लतालाई कोरोनाको सामान्य लक्षण देखिएको थियो।

उहाँ अस्पतालमा भर्ना भएसँगै प्रशंसक तथा शुभचिन्तकहरुले उहाँको स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिरहेका छन्। आफ्नो सात दशकको सांगीतिक यात्रामा उहाँले विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर