काठमाडौ, २६ पुस । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि मन्त्रालयले देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको छ।
कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारिस अनुसार सो निर्णय गरेको थियो ।
विद्यालय बन्द गराउने र मोडालिटी तयार पार्ने विषयमा मन्त्रालयमा आज बैठक बसेको थियो।
हिजो बसेको सिसिएमसिसीको बैठकको निर्णय वमोजिम मन्त्रालयलाई सिफारिस गरेको हो ।
