काठमाडौँ, २४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०लाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा असहजता देखिएपछि शुक्रबार बेलुकी गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा बस्नुभएको छ । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ ।
नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उहाले कोभिड संक्रमण भएको सामाजिक संजाल मार्फत आजै जानकारी दिनुभएको छ । पार्टी कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ ।

