काठमाडौं, २२ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित हुने भएको छ ।
भारतको गुजराताको गान्धीनगरमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रममा जानुहुने भएकोमा सो स्थगित भएकोले उहाँको उक्त भ्रमण कार्यक्रम स्थगित हुने भएको हो ।
सो कार्यक्रम यही पुस २६ र २७गते हुने भएको थियो ।
सो सम्मेलन गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई मध्यनजर गरेर गरेको जनाएको छ ।
