इजरायल, १७ पुस । इजरायलमा कोरोना खतरनाक भाइरस फ्लोरोनाको पहिलो केस पत्ता लागेको छ।
अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर इन्फेक्सन रहेको झन् खतरनाक रहेको दाबी गरेको छ।
यसैबीच तीन महिना अगाडि दिइसकेको तेस्रो डोज इजरायलले चौथोपटक बुस्टर डोज दिने निर्णय गरेको छ।
इजरायलमा कोरोना संक्रमितको संख्या भने नघटेको बताइएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायलमा अहिलेसम्म १३ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ८ हजार बढीको संक्रमणबाट मृत्यु भएको छ।
