काठमाण्डौं, ६ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा लुम्बिनी प्रदेशबाट  देवेन्द्रराज कंडेल र चन्द्रबहादुर केसी निर्वाचित हुनुभएको छ।

कांग्रेसको निर्वाचन समितिले आज मंगलबार घोषणा गरेको मतपरिणामअनुसार विजयी कंडेलले २७२७  र केसीले २२६७  मत प्राप्त गर्नुभएको छ ।

लुम्बिनी प्रदेशको खुल्लातर्फको केन्द्रीय सदस्यका लागि गत मंसिर २७ गते भएको मतदानमा ४६४९ मत खसेको निर्वाचन समितिले जनाएको छ । त्यसमा २० मत बदर भएको थियो ।

दुइ पदको लागि भएको यो निर्वाचनमा सो प्रदेशबाट ६ जना उम्मेदवार खडा भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर